काठमाडौं – वर्तमान खेल जगतको चिरपरिचित प्रतिद्वन्द्वि हुन लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो।दुइमध्ये को उत्कृष्ट भनेर फ्यानहरुको रस्साकस्सी नै हुन्छ। यो विषयको विवादले गर्दा अप्रिय घटनाहरु पनि भएका छन्।दुइ खेलाडीलाई लिएर विश्वनै दुई धुरीमा बाँडिएको छ। तर के फ्यानहरु जस्तै उनीहरु पनि आफूलाई वास्तविक जिवनका प्रतिद्वन्द्वि मान्छन त?
खेलको हिसाबले हुन सक्छ तर मित्रताको कोणबाट भने पक्कै पनि मान्दैनन्। एउटै खेल विधामा भएपछि प्रतिस्पर्धा हुनु स्वाभाविक नै मान्नुपर्छ। वास्तविक जिवनमा उनीहरु असल मित्रहरु हुन।यसको पुष्टि त हालै सम्पन्न च्याम्पियन्स लिगको ड्र सार्वजनिक समारोहले नै गर्छ। उनीहरुले एक अर्काप्रति देखाएको सम्मान र सौहार्दले भने फेरी फुटबल जगतलाई केहि समयको लागि भने पनि एक गराएको छ।हरेक अवार्डका लागि उनीहरु प्रायः आमनेसामने हुने गर्छन। बालोन डी ओरमा पनि उनीहरुको नै एकछत्र राज छ। पछिल्लो समयमा भने यो क्रम केहि बदलिँदो छ।
रोनाल्डो स्पेन छाडेर इटालियन क्लब युभेन्टसतिर लागेपछि खेलहरुमा त्यति नभेटिएका उनीहरु एक अर्काबीच खेलिएका खेलहरुको भने मिस गर्ने बताउँछन। त्यस्तै उनीहरुको प्रतिद्वन्द्विता फुटबल इतिहासकै उत्कृष्ट मध्येमा पर्ने बताउँछन। उनीहरुको सम्बन्ध सुमधुर रहेका बेला फ्यानहरुले एकअर्काबीच झगडा गर्नुभन्दा पनि खेलको मज्जा लिदा हुदैन र?