एजेन्सी– श्रीलंकाका प्रसिद्ध क्रिकेट खेलाडी अजन्था मेन्दिसले क्रिकेट दुनियाबाट बिदाइ लिएका छन्। छोटो समयमा नै क्रिकेटमा राम्रो छाप छोडेका उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका हुन्।
डेब्यु खेलमा नै तीन विकेट लिएर शनसनी मच्चाएका उनले श्रीलंकाका लागि सन् २०१५ मा अन्तिम एकदिवसीय क्रिकेट खेल खेलेका थिए। आफ्नो खेल जीवनमा उनले देशका लागि १९ टेष्ट खेलबाट ७० विकेट लिएका थिए।
त्यस्तै ३९ टी–२० क्रिकेटमा ६६ विकेट र ८७ एकदिवसीय क्रिकेटमा १५२ विकेट लिएका उनी क्रिकेट जगतबाट औपचारिक रुपमा टाढिने भएका छन्। स्पीनर अजन्थाको सन्यासले क्रिकेटप्रमीलाई भने दुःखी बनाएको छ।