के सेरेनाडिङ मस्क्युटोले मलेरिया फैलाउन रोक्छ ?
काठमाडाै - सेरेनाडिङ मस्क्युटो भनेको सामान्य लामखुटृे नै हो, जुन मानिस वा जनावरको रगत चुसेर बाँच्छ। यसको टोकाईका कारण कति मानिसले मलेरिया र पहेलो ज्वरोको संक्रमित भएर ज्यान गुमाउन बाध्य भएका छन्।
भारत लगायत नेपालको तराई भू–भागहरु जस्ता विश्वका गर्मी भागका धेरै मानिसहरु यसका शिकार बन्दै आइरहेका छन्। नेपालमा पहिलो पटक १९५४ मा यु.एस.ए.आ.डि (द यु.एस.ओ. एम) को सहयोगले मलेरिया रोकथामको कार्यक्रम सञ्चालन गरेको थियो।
२०१३ को माइक्रो स्टारटीफीकेसन रिपोर्ट अनुसार नेपालको लगभग १३.२ मिलियन (४७.९) जनसङख्या मलेरियाको जोखिम भएको क्षेत्रमा बसोवास गर्छन्, भने १४.१३ (५२.१) नागरिक मलेरिया मुक्त क्षेत्रमा बसोवास गरिरहेका छन्।
गर्मीको समयमा बेलुका पानीको छेउछाऊमा लामखुटृे कराएको सुन्न सकिन्छ। लामखुटृेहरुको भाले र पोथी आफ्नो साथी खोज्ने क्रममा विभिन्न आवाज निकाल्ने गर्छन्, जुन चाहि पहेलो किराको लागि गीत हो। उनिहरु यसमा रमाउने गर्छन्।
लामखुटृेको लार्भा पानीमा बस्ने भएका कारण घर वरिपरी सफा गर्नुपर्छ। बैज्ञानिकहरु लामखुटृेको भाषा सिक्ने कोशिस गरिरहेका छन्, तसर्थ तिनीहरुलाई प्रलोभन देखाइ मानिसको बसोबास भएको क्षेत्रबाट टाढा लग्ने अथवा लामखुट्टे समाउने यन्त्र बनाई मार्ने अभियानमा छन्। जसको साहेताले विश्वको मलेरिया र जण्डीसको माहाँमारीलाई कम गर्न सकिन्छ।