काठमाडौं – विश्वकप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। २३ सदस्यीय नेपाली टोलीमा नियमित कप्तान विराज महर्जनले भने स्थान बनाउन सकेनन्।
अखिल नेपाल फुटबल संघ ( एन्फा )ले आज सार्वजनिक गरेको टोलीमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ,सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल छन्।
त्यस्तै सुमन अर्याल,रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राईसँगै विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठले पनि टिममा स्थान बनाएका छन्।
सन २०२२ कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छ्नोटका लागि उक्त टोली घोषणा भएको हो। खेलतालिका अनुसार नेपालले कुबेतसँग भदौ १९ गते र चाईनिज ताईपेसँग भदौ २४ गते उनिहरुकै मैदानमा खेल्दैछ।
समूह बी मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत रहेका छन । खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवेको आधारमा खेलाईने छ।