एजेन्सी– युरोपको उत्कृष्ट वर्ष खेलाडी आज घोषणा हुदैछ। बार्सिलोनाका स्टार लियोनल मेसी, युभेन्टसका स्टार क्रिष्टियानो रोनाल्डाे र लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक यो रेसमा छन्।
गत वर्ष यो उपाधि लुका मोड्रिचले पाएका थिए। यस विषयमा खेल दुनिँया दिनभर तातिरहेको छ। के एकछत्र यस अवार्डमा राज गर्दै आएका मेसी र रोनाल्डोलाई पछि पार्न सक्लान त भर्जिल भान डाइकले?
यसको लागि भने प्रतिक्षा गर्नुपर्ने देखिन्छ । तर डाइक भने मेसीलाई विश्वको उत्कृष्ट खेलाडी मान्छन्।