एजेन्सी– भारतमा जारी साफ यु–१५ च्याम्पियनसीपमा आज नेपाल भुटानविरुद्ध मैदान उत्रदै छ। खेल नेपालीसमयअनुसार १२ः१५ मा शुरु हुनेछ। उपाधि हात पार्ने नेपालको सपनालाई साकार पार्न आजको खेल आफ्नो पक्षमा पार्नै पर्ने दबाव छ।
यसाे त बलियो मानिएको बंगलादेशलाई ४–१ ले पराजित गरेको नेपालको मनोबल भने उच्च छ। आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सके मात्र पनि नेपाल भुटानमाथि हावी हुन सक्नेछ।
यदि नेपालले यो खेल जितेमा र आजै हुने अर्को खेल भारतले जितेमा नेपाल उपाधि भिडन्तका लागि फाइनल पुग्ने छ। तर बंगलादेशले अप्रत्याशित जित निकाल्दै धेरै गोलअन्तरले भारतमाथि हावी भएमा भने नेपालको यात्रा टुङ्गिने छ।
समान अंक भएपनि हेड टु हेडमा नेपाल बंगलादेशभन्दा अघि छ। सबै खेलमा जित हासिल गरेको भारत शीर्ष स्थानमा छ।