एजेन्सी– नेयमार जुनियर उत्कृष्ट फुटबलर हुन भन्नेमा शंका नै छैन्। यि ब्राजिलियन स्टारलाई आफ्नो क्लवमा भित्र्याउन ठुल्ठुला क्लव लालायित छन्। उनको पुरानो क्वल वार्सीलोना त झन् मरिमेटेर लागेको छ, नेयमारलाई फर्काउन।
त्यसका लागि वार्सीलोना र हाल नेयमार आवद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी)का प्रतिनिधी वार्ता गरिरहेका छन्। नेयमारका साथी तथा वार्सीलोनाका अर्का खेलाडी अर्जेटिनी स्टार मेस्सी पनि नेयमार फर्काउन कसरत गरिरहेका छन्। तर, अहिलेसम्म कुनै टुङ्गो भने लागिसकेको छैन्।
नेयमारबारे यति रस्साकस्सी चलिरहँदा पिएसजीमा नेयमारको अवस्था कस्तो छ त? फ्रेन्च लिग वान शुरु भएको २ साता बितिसक्दा पनि उनले पिएसजीबाट अवसर पाएका छैनन्। खराब फर्म र लगातारको चोटका कारण उनले मौका नपाएका हुन्।
यद्धपी पिएसजीका प्रशिक्षक थोमस टुचल नेमारलाई मौका दिने योजना बनाइरहेका छन्। नेयमारले आफ्नो फिटनेस कायम राख्ने हो भने उनले छिट्टै मौका पाउने संकेत देखिएको छ। प्रशिक्षक थोमसले नेमारलाई लिगमा मौका दिनुपर्ने बताइरहेकाले पनि यो आशा पलाएको हो।
यस अर्थमा जस्तो अवस्था आए पनि तत्कालका लागि नेमारलाई लिग वानमा प्रतिस्पर्धा गराउने योजना रहेको देखिन्छ । यसका लागि नेयमार पनि कडा मेहनत गरिरहेका छन्। अभ्यासको क्रममा उनले आफ्नो फिटनेश लेभल पनि राम्रो भएको दर्शाएका छन्।