एजेन्सी– ब्राजिलियन स्टार नेयमार स्पेनिस क्लब वार्सिलोनामा फर्किने तयारीमा छन्। तर उनी आवद्ध फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मन र वार्सिलोनाविच ठोस सम्झौता भने हुन सकेको छैन। विश्व फुटबलका स्टार लियोनल मेसिले पनि नेयमारलाई वार्सामा ल्याउन निरन्तर दवाब दिइरहेको बुझिएको छ।
मंगलबार दुई क्लवविच पेरिसमा वार्ता भएपनि ठ्याक्कै सहमति भने भएन। वार्साले यसै सिजन एन्टोनी ग्रिजम्यानलाई पनि आफूसँग आबद्ध गराएको थियो। पीएसजीसँग पुर्ण रुपमा रकममा स्थायि ट्रान्सपफरकाे विषयमा छलफल भएको वार्तामा सहभागि वार्सिलोनाका एक प्रतिनिधिले बताए। सम्भवत नेयमार वार्सामा आउने निश्चित जस्तै भएको छ।
किर्तिमानी रकममा पीएसजी पुगेका नेयमार आफू पनि वार्सामा फर्किन लालायित देखिएका छन। मेसी र उनीबीचको आत्मीय सम्बन्धले पनि उनलाई पुनः वार्सामा फर्किन आकर्षित गरेको बुझ्न सकिन्छ। यसअघि पीएसजीले नेयमारको बदलामा ओश्मान डेम्बेले र नेल्सन सिमेडोसँगै १०० मिलियन युरो मागेको थियो।