काठमाडौं–नेपाली यू–१५ फुटबल टोलीले बंगलादेशसँग शुरुवाती अग्रता हासिल गरेको छ। साफ यू–१५ च्याम्पियनसिपमा जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको नेपालले पहिलो हाफमा १ गोल गरेको थियाे भने दाेस्राे हालमा १ गाेल गरेकाे छ।
भारतमा जारी प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित गएको नेपाली टोलीलाई शीर्ष दुईमा पर्न यो खेल आफ्नो पोल्टोमा पार्नुपर्ने छ। जारी खेल कल्याणी रंगशालामा भइरहेकाे छ।
यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० हारेको थियो। तर, दोस्रो खेलमा भने नेपालले श्रीलंकामाथि २–० को जित निकालेको थियो। २ खेलबाट ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ। ६ अंकसहित बंगलादेश भने दोस्रो स्थानमा छ।