एजेन्सी– नेपाली यू–१९ क्रिकेट टिम श्रीलंकाको एसएससी यू–२३ टिमसँगको अभ्यास खेलमा पहिले ब्याटिङ गर्दैछ। टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो। बर्षाका कारण ढिलो शुरु भएको उक्त खेल ४२ ओभरमा झारिएको छ।
सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंकामा हुने एसीसी य–ू१९ एसिया कपको तयारीमा रहेको नेपालको यो पहिलो अभ्यास खेल हो। उक्त प्रतियोगितामा समुह बी मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएईसँग खेल्ने छ। समुहका शीर्ष दुई दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।