काठमाडौं–नेपाली यू–१५ फुटबल टोलीले आज बंगलादेशसँग खेल्दैछ। साफ यू–१५ च्याम्पियनसिपमा नेपाललाई जित्नै पर्ने दबाब छ।
भारतमा जारी प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित गएको नेपाली टोलीलाई शीर्ष दुईमा पर्न यो खेल आफ्नो पोल्टोमा पार्नुपर्ने चुनौति छ। खेल दिउसो ३ः१५ बजे कल्याणी रंगशालामा हुनेछ।
यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० हारेको थियो। तर, दोस्रो खेलमा भने नेपालले श्रीलंकामाथि २–० को जित निकालेको थियो।
२ खेलबाट ३ अंक जोडेको नेपाल तालिकामा तेस्रो स्थानमा छ। ६ अंकसहित बंगलादेश भने दोस्रो स्थानमा छ।शीर्षस्थानको भारतको पनि ६ अंक रहेको छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटानको सहभागिता छ।