एजेन्सी– अगस्ट २३, २४ र २५ मा भारतमा भएको तेक्वान्दो च्याम्पियनसिपमा नेपालका खेलाडीले ५ पदक जितेका छन्।नेपालबाट सहभागी भएका इमाइल डोजाङका खेलाडीले ३ स्वर्ण र २ कास्यपदक जितेका हुन्। नेपाली टोलीको प्रशिक्षण विजय थापाले गराउनुभएको थियो।
भारतको नयाँ दिल्लीमा भएको एमके क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा स्वरुप राज राईले स्पाइरिङ ३८ केजीमुनि, अनलित लिम्बुले ४१ केजीमुनि, र अनिष ठकुरीले ५८ केजी मुनि स्वर्ण जितेका हुन्।
त्यस्तै स्वरुप राज राइले पुम्से यु–१० र समिर थापाले ८७ केजीमुनि कास्यपदक जितेका थिए। उत्कृष्ट्र रेफ्री भने विश्व राई घोषित भए।