एजेन्सी– इरिक म्याक्सिम चुपो मोटिङको उष्कृष्ट प्रदर्शनसँगै साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा टोलुसोमाथि ४–० को शनशनीपूर्ण जित दर्ता गरेको छ।
आइतबार राति भएको उक्त खेल पहिलो हाफमा गोलरहित भएपनि दोस्रो हाफको ५० औं मिनेटमा इरिक म्याक्सिमले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा आत्मघाती गोल उपहारस्वरुप पाएको पीएसजीले खेलमा २–० को अग्रता बनायो।
७१ औँ मिनेटमा पाएको पेनाल्टीलाई भने एन्जेल डी मारीयाले सदुपयोग गर्न सकेनन्। तर त्यसलगत्तै ७५औं मिनेटमा इरिकले पुन गोल गर्दै पीएसजीलाई जितको ढोकासम्म पुर्याए। मार्किनेसले पनि खेल सकिनुअघि गोल थप्दै गोलअन्तर ४–० बनाएका थिए। पीएसजीसामु निरिह देखिएको टोलुसाेका लागि कुनै पनि खेलाडिले गोलको खाता खोल्न सकेनन्।
जीतसँगै ३ खेलबाट ६ अंक जोडेको पीएसजी अंक तालिकाको तेस्रो स्थानमा बस्न सफल भएको छ।