काठमाडौं– मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा नेपाली फूटबल टोलीले आज अभ्यास खेल खेल्दै छ। साँझ ६ः३० मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँग सो खेल खेल्न लागेकाे हाे। विश्व कप छनोटको तयारीका लागि नेपाली टोली अहिले मलेसियामा छ।
नियमित कप्तान विराज महर्जन, भरत खवास र किरण चेम्जोङ भने आजको खेलका लागि टिममा छैनन्। सुजलले कप्तानी गरेपनि त्यो औपचारिक रुपमा राष्ट्रिय टोलीको कप्तानीमा भने नगनिने अखिल नेपाल फुटबल संघले जनाएको छ।
विश्वकप छनोट अन्तर्गत भदौ १९ गते नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्ने छ।