एजेन्सी– इङिलस प्रिमियर लिगमा न्यु क्यासल युनाइटेडले टोटनह्याम हटस्परलाई हराएको छ। हिजो बेलुका सम्पन्न सो खेलमा न्यु क्यासलका जोइलिन्टनले २७ औँ गोल नै निणौयक बन्यो। राम्रो खेल खेलेपनि टोटनह्यामले गोल गनै नसक्दा हार बेहोर्नूपर्याे।
२१औं मिनेटमा न्यु क्यासलले पेनाल्टी पाएपनि त्यसको सदुपयोग भने गर्न सकेको थिएन। राम्रा अवसरहरु सिर्जना गरेतापनि त्यसको उतिच सदुपयोग गर्नबाट चुकेको टोटेनहम ४ अंकसहित सातौ स्थानमा छ।
वल्भ्स र वर्नलीबीच १–१ गोलको बराबरी
हिजै भएको अर्को खेलमा वल्भ्स र वर्नलीले १–१ को बराबरी खेलेका छन्।खेलको १३औं मिनेटमा एस्ले वार्नेसको गोलमा वर्नली खेलमा अघि बढेको थियो। घरेलु टोली वल्भ्सका लागि राहुल जिमिनेजल पेनाल्टी गोल गरेका थिए।
इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा वल्भ्सले पेनाल्टी पाएको हो। बराबरीपछि वल्भ्स ३ अंक जोडेर १५औं तथा ४ अंक जोडेर वर्नली छैटौ स्थानमा छ ।