एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ। सर्जियो अगुएरोको दुई गोलसँगै सिटीले बर्नमाउथि ३–१ को जित दर्ता गरेको हो। अर्जेन्टीनी फरवार्ड अगुएरोले पहिलाे हाफकाे १५ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाईे अग्रता दिलाएका थिए।
त्यस्तै ४३ औं मिनेटमा सिटीका रहिम स्टरलिङको गोलमा टोलीले अग्रता दोब्बर बनाएको थियो। ह्यारी विल्सनलले पहिलो हाफको थपिएको समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काउने प्रयास गरेपनि ६४ औं मिनेटमा अगुएरोले नै गोल गर्दै सिटीलाई जित दिलाए।
जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी घटाएकाे छ।