काठमाडौं– एब्सुलेट कर्पाेरेट फुटसलको चौथो संकरण जारी छ। एब्सुलेट इभेन्ट प्रालिद्वारा सञ्चालित सो प्रतियोगिताका बाँकी खेलहरु आउँदो शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ।प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले यस्तो जानकारी दिएको हो।
भदौ ६ गतेबाट शुरु भएको सो प्रतियोगितामा १६ कर्पाेरेट हाउसहरुले भाग लिएका थिए। नकआउटको आधारमा खेलाइएको उक्त खेलहरुबाट बुद्ध एयर, हुवेइ, जनता बैंक र चौधरी ग्रुपले समूह विजेताको रुपमा क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका थिए।
त्यस्तै गोर्खा ब्रेअरी, होटेल अन्नपुर्ण, एनसेल (सेतो) र हिमालय एयरलाइन्सले पनि उपविजेताको हैसियतमा क्वाटरफाइनलमा आफूलाई सुरक्षीत गरेका थिए।बुद्ध एयर र गोर्खा ब्रेअरी, हुवेई र होटेल अन्नपुर्ण, जनता बैंक र एनसेल तथा चौधरी ग्रुप र हिमालय एयरलाइन्सबीच क्वाटरफाइनलका खेलहरु हुनेछन्।
त्यसै दिन क्वाटरफाइनलका विजेताहरुबीच सेमिफाइनल खेल सम्पन्न गरी फाइनल समेत खेलाइने आयोजकले बताएको छ।सानेपाको फिल्ड फुटसलमा सबै खेलहरु खेलाइने तयारी भएको एब्सुलेट इभेन्ट प्रालिले जानकारी दिएको छ।