एजेन्सी – रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले नेयमार विश्वको उत्कृष्ट खेलाडीमा पर्ने बताएका छन्। पछिल्लो समय ट्रान्सफर बजारमा ब्राजिलियन स्टार नेयमारको सरुवाको हल्ला चलिरहेको बेला उनले यस्ताे बताएका हुन्।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमारलाई रियल म्याड्रिड र बार्सिलोनाले अफर पनि गरिसकेका छन्। पीएसजीले हालसम्म दुवै क्लबको प्रस्ताव अस्विकार गरेको छ।
रामोसले भने ‘नेयमार उत्कृष्ट खेलाडी हुन्, उनी विश्वका शीर्ष ३ खेलाडीमा पर्छन्।’ उनको यस प्रशंसाले नेयमारप्रति उनको ध्यानाकर्षण भएको बुझ्न सकिन्छ।
यद्यपी उनले “ट्रान्सफर बजार खुला रहुन्जेल जो खेलाडी पनि आउने जाने हुन सक्छ, यसमा चर्चा गरेर बस्नु जायज छैन, नेयमारबिना पनि हाम्रो टिम बलियो छ।” भन्ने प्रतिक्रिया दिएका छन्।ग्यारेथ बेल र हामेस रोड्रीग्वेज पनि टोलीमा मिसिएका कारण एकवद्ध भएर सबै खाले उपाधि चुम्न तयार रहेको उनको भनाई थियो।