एजेन्सी–जर्मन बुन्डेस लिगमा बार्यन म्युनिखले पहिलो जित दर्ता गरेको छ।बार्यनका लागि स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले जादुमय खेल खेल्दै शनसनीपूर्ण ह्याट्रिक गरेका थिए। बायर्नले घरेलु टोली साल्केमाथि ३–० को जित दर्ता गरेको हो। बायर्नको जितमा लेवान्डोस्कीेले उत्कृष्ट प्रदर्शन गरेका थिए।
पहिलो हाफको २० औँ मिनेटमा लेवान्डोस्कीको पेनाल्टी गोलमा १–० ले अघि बढेको बार्यनले दोस्रो हाफको ५०औं मिनेटमा उनकै सम्झनायोग्य फ्रिकिकबाट अग्रता दोब्बर गरेको थियो।आफ्नो ह्याट्रिक पुरा गर्ने क्रममा उनले ७५ औँ मिनेटमा किङ्स कोमानको पासमा अर्को गोल गरेका थिए।
पाहुना टोलीसँग निरिह बनेको घरेलु टोली साल्केले सान्त्वना गोलसमेत गर्न सकेन।यो जीतसँगै बार्यनले दुई खेलबाट ४ अंक जोडेको छ।