काठमाडौँ– एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल र अफगानीस्तान पाँचौ स्थानका लागि भिड्दै छन्। यसअघि किर्गिस्तान र माल्दिभ्ससँग ३–० को सोझो सेटमा नराम्रोसँग पराजित भएको नेपाललाई घरेलु दर्शकमाझ यो खेल जित्नैपर्ने दबाब छ।
इतिहास रच्ने लक्ष्यसहित च्याम्पियनसिपमा उत्रेको नेपालले यसअघिका खेलमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। मैत्रीपूर्ण खेलमा अफगानीस्तानविरुद्ध सम्झनलायक जित निकालेको नेपालको मनोबल भने उच्च रहेको छ।
इतिहास रच्ने लक्ष्यसहित च्याम्पियनसिपमा सहभागी नेपालको आजको खेल ३ बजेपछि लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । यो खेलमा अफगानीस्तान भने मैत्रीपुर्ण खेलमा बेहोरेको हारको बदला लिने दाउमा छ।