काठमाडौं – पाकिस्तानले नेपालसँग कश्मीर बिवादमा सहयोग मागेको छ। पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बिहिबार नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई फोन गरेर सहयोग मागेका हुन।
भारतीय विदेशमन्त्री एस.जयशंकर नेपालले नेपाल भ्रमण गरेर फर्किएलगत्तै पाकिस्तानी विदेशमन्त्रीले नेपालका परराष्ट्रमन्त्रीलाई फोन गरेका हुन् ।
टेलीफोन संवादको क्रममा पाकिस्तानी बिदेशमन्त्रीले परराष्ट्रमन्त्री ज्ञवालीलाई कश्मीरको वर्तमान स्थितिबारे जानकारी गराउँदै यस विषयमा नेपालको आधिकारीक धारणा बुझेका थिए।
मन्त्री ज्ञवालीले जवाफमा, नेपाल शान्तिको पक्षमा रहेकाले दुबै देशले संयमता देखाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेका थिए। कश्मीर विवाद चरमोत्कर्षमा पुगेकोबारे नेपाललाई दुःख लागेको उनले बताएका थिए।
कश्मीर विवादलाई पाकिस्तानले अन्तर्राष्ट्रिय स्तरमा लग्दै कश्मीरलाई स्वतन्त्रता दिन सहयोगको लागि आग्रह गरिरहेको छ।