ताप्लेजुङ - चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ।
टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो। यसअघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।
टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शङ्कर राईले गोल गरेका थिए। ताप्लेजुङका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशील लिम्बूले गोल गरे भने विकास शेर्पा गोल गर्न चुकेका थिए।
खेलको म्यान अफ दी म्याच मोरङका सूर्य श्रेष्ठ घोषित भए। आज रेड हर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ। आगामी भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालको पाँच तथा भारतको एउटा टोली सहभागी छन्। (रासस)