काठमाडौँ - मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप फुटबल २०२२ को छनोटअन्तर्गत दोस्रो चरण खेल्ने ३१ सदस्यीय नेपाली प्रारम्भिक फुटबल टोलीको घोषणा गरेका छन्।
सुरुआती प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट याे टोली घोषणा गरिएको अखिल नपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्दाम्बे, अमित तामाङ र मिक्चेन तामाङ ३१ सदस्यीय टोलीमा परेनन्।
नेपाल विश्वकप छनोटको दोस्रो चरणमा कुबेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलियासहितको समूह ‘बी’ मा रहेको छ। नेपालले आफ्नो पहिलो खेल कुबेतसँग सेप्टेम्बर ५ मा खेल्नेछ।
प्रारम्भिक टोलीमा को-को परे?
विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अविषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तिमगर, रोहित चन्द।