भारत – पानी परिरहेको समयमा खुला आकाशमुनी बसेर मोबाइलमा कुरा गर्दा ज्यानै जान सक्छ भन्ने एउटा उदाहरण बनेको छ, भारतको कोलापुरको घटना। पानी परिरहेको वा मौसम खराब भएको बेलामा मोबाइलमा कुरा गर्दा चट्याङ परेर महाराष्ट्रको कोलापुरमा एक व्यक्तिको ठाउँको ठाउँमा मृत्यु भएको छ।
कोलापुरस्थित यातायात विभागको अफिसमा कार्यरत प्रकाश पाटीलको पानी परिरहेको बेलामा मोबाइलमा कुरा गर्दा गर्दै मृत्यु भएको खबर भारतीय सञ्चारमाध्यम एवीपीले प्रसारण गरेको छ। पानी परिरहेको समयमा मोबाइलमा कुरा गर्दा गर्दै बिजुली चम्किएर चट्याङ परेपछि पाटीलको तत्कालै मृत्यु भएको थियो।
कोलापुरका आरटीओ अफिसर प्रकाश पाटील पानी परिरहेकै समयमा आफ्नी श्रीमती र छोरीलाई लिएर ‘भूदडगढ किल्ला’ घुम्न निस्किएका थिए। पानी परिरहेको थियो, त्यही समयमा पाटीलको मोबाइलमा उनको साथीको फोन आयो। पाटीलले मोबाइलमा कुरा गर्न शुरू गर्ने वित्तिकै आकासमा बिजुली चम्किएर चट्याङ पर्यो। पाटील तत्कालै भुईंमा ढले, उनको तत्कालै मृत्यु भयो। पाटीलका श्रीमती र छोरी भने सकुशल रहेको समाचार संस्थाले जनाएको छ।
नासिकको यवला निवासी पाटीलको दुई वर्ष पहिले कोलापुरस्थित आरटीओ अफिसमा पोष्टिङ भएको थियो। मौसम खराब भएर बिजुलीसमेत चम्किरहेको अवस्थामा खुल्ला आकाशमुनी बसेर मोबाइल चलाउनु, गेम खेल्नु वा कुरासमेत नगर्न समाचारमा सजग बनाइएको छ।