भारत - भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफू मातहतका मन्त्रीहरूलाई सर्वसाधारणहरूले सरकारी सुविधा उपभोग गर्नका लागि घूस दिएको रकम फिर्ता गर्न आदेश दिएकी छन्।
उनीहरूले लिएको घूस रकम पीडितहरूलाई फिर्ता गर्नुपर्ने हुन्छ। हामी यी नेताहरूलाई पाठ पढाउने छौँ, एक प्रदर्शनकर्ताले इन्डो एसिया न्यूज सर्भिसलाई भने।
घूसलाई भारतीय राजनीतिमा सामान्य रूपमा हेरिने भएपनि हाल देखा परेको परिदृश्य भने अप्रत्याशित रहेको बीबीसी बांग्लाका अमिताभ भट्टशाली बताउँछन्। गत सोमवार उनकै पार्टीका एकजना स्थानीय नेताको घरमा आफूहरूले तिरेको रकम फिर्ता गर्न भन्दै मानिसहरूले छापा मारेका थिए।
लोकप्रिय नेता बेनर्जी सन् २०११ मा सत्तामा आएकी हुन् । तर पछिल्ला केही महिनामा भने उनको लोकप्रियता कम हुँदै गएको सङ्केत देखिन थालेको छ। हालसालै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीले पाएको सफलता पछि राज्यमा आफ्नो वर्चस्व केही हदसम्म बढाउनका लागि उनले त्यस्तो निर्देशन दिएको हुनसक्ने बताइएको छ।
कुल ४२ सिट भएको पश्चिम बङ्गालमा उनको पार्टीले २२ सिट मात्र जितेको थियो। सन् २०१४ को निर्वाचनमा बेनर्जीको पार्टीले ३२ सिट जित्न सफल भएको थियो । पछिल्ला दिनमा उक्त राज्यभर त्यस्ता घटना हुने क्रम बढ्दै गएको विवरणहरू सार्वजनिक भएका छन्। (बीबीसी)