काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनलाई व्यक्तिगत चिठी पठाएका छन्। ट्रम्पले पठाएको चिठी उत्तर कोरियाली नेता उनले पाएको त्यहाँका सरकारी सञ्चार माध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ।
समाचार संस्था केसीएनएका अनुसासर उत्तर कोरियाली नेता किमले त्यो चिठीलाई “गजब“को भन्दै प्रशंसा गरेको र त्यसमा रहेको “चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने“ आशय व्यक्त गरेको छ। उनले ट्रम्पको “असाधारण साहस“को पनि प्रशंसा गरेका छन्। जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफूलाई “एउटा सुन्दर चिठी“ पठाएको ट्रम्पले बताएका थिए।
अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन। त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया नदिएको बीबीसीको रिपोर्टमा उल्लेख गरिएको छ।
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता गत फेब्रुअरीमा भियतनाममा भएको बार्ता विना निष्कर्ष टुङ्गिएको थियो। त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध हुँदै आएको छ।
तर हालै चिनियाँ राष्ट्रपति सी जिन पिङको प्योङ्याङ भ्रमणपछि परमाणु निशस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुनः शरु हुनसक्ने आशा बढेको बीबीसीले जनाएको छ। बीबीसीका पत्रकार लरा बिकरको भनाईमा ट्रम्प र किमबीच भियतनाममा वार्ता विफल भएपछि अहिले केही प्रगति भएको देखिएको छ।
बिकर भन्छिन्,अहिलेको समय पनि महत्वपूर्ण छ किन भने अर्को साता ट्रम्प दक्षिण कोरियाली नेता मुन जे–इनलाई भेट्न सोल भ्रमणमा आउदैँछन्।
बार्ता सफल नहुनमा दुई नेता र दुई देशको आ–आफ्नै अडान छ। उत्तर कोरिया आफूविरुद्ध भएको सबै प्रतिबन्धहरु फुकुवा हुनुपर्ने अडान लिइरहेको छ भने अमेरिका चाँही उत्तर कोरियाले परिमाणु कार्यक्रम त्याग गर्नुपर्ने अडानमा छ। यी दुई अडानका कारण बार्ता सफल हुन सकिरहेको छैन।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो दिनहरुमा उत्तर कोरियाली नेता उनको राम्रो टिप्पनी गर्न थालेका छन्। ट्रम्पले जुनको पहिलो सातामा किमको नेतृत्वसँग प्रचुर सम्भावनाहरू रहेको भनी टिप्पणी गरेका थिए।
यस्तै ट्रम्पले मे महिनामा जापान भ्रमणका बेला किम “एकदमै चलाख व्यक्ति“ भएको बताउँदै उनले उत्तर कोरियाबाट “धेरै राम्रा कुराहरू निस्कने“ अपेक्षा गरेको बताएका थिए। बीबीसीको सहयोगमा