मस्को– अमेरिका र रुसबीचको सम्बन्धमा दरार आएको समयमा अमेरिकाले कुनै पनि सयममा रुसलाई अन्धकार बनाउन सक्ने समाचार बाहिरिएको छ। सुत्रका अनुसार रुसको इलेक्ट्रिक पावर ग्रिडलाई अमेरिकाले ह्याक गर्न सकछ। यसबाट कुनै पनि सयममा रुसमा विद्युत् जान सकछ। क्रेमलिनले यो विषयमा सोमबार जानकारी दिएको हो।
यद्यपी रुसको सिस्टम यस किसिमको कुनै पनि इलेक्ट्रोनिक हमला रोक्नका लागि पूरै किसिमबाट सक्षम भएको पनि क्रेमलिनले जनाउको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री एस पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो विषयमा कुनै जानकारी नभएको चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्क टामइम्समा प्रकाशित समाचारका अनुसार रुसको उर्जा प्रणली तथा अन्य लक्ष्यमा अमेरिकाले साइबर उपकरण रोखेको छ। यो समाचार कारोबार दैनिले छापेको छ।