मोगादिसु – कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भने, ‘नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्।’ प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो। सो विस्फोटनमा आक्रमणकारीको पनि मृत्यु भएको छ।
घटनामा परी घाइते भएका एक जना घाइतेलाई सुरक्षाकर्मीले पक्राउ पनि गरेका छन्। लडाकूहरुले विस्फोटन गराएपछि राजधानी जाने मुख्य बाटो बन्द भएको थियो। अलकायदा सम्बद्ध अल शबाब नामक समूहले घटनाको जिम्मेबारी लिएको छ। (रासस/सिन्ह्वा)