दोहा- याे वर्ष कतारमा चर्काे घाममा मजदुरलाई काम लगाउन नपाइने भएकाे छ। कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि काम गर्ने समय तोकेको छ।
खुल्ला कार्यक्षेत्रमा काम गर्ने मजदुरलाई जुन १५ देखि अगष्ट ३१ सम्मका लागि काम गर्ने समयसीमा तोकेको हो। खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारहरूको लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ।
यस्ता कार्यक्षेत्रमा काम गराउने कम्पनीले दिउँसो ११:३० बजेदेखि अपराह्न ३ बजे सम्मका लागि काम बन्द गर्नपर्नेछ। साथै कार्य समय तालिकाको सूचनापत्र मजदुरले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्नेगरी टाँसिएको हुनुपर्नेसमेत मन्त्रालयले जनाएको छ।
नियम उल्लघंन गर्ने कम्पनीलाई कम्तीमा १ महिनासम्मको लागि बन्द गर्ने चेतावनीसमेत दिएको छ। गर्मीकाे बेलामा मजदुरलाई काम लगाउँदा मजदुरकाे स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै कतार सरकारले गर्मी माैसममा मजदुरलाई खुला ठाँउमा काम नगराउन कम्पनीहरूलाई निर्देशन दिएकाे हाे।