बेइजिङ – मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।
सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए। बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो। गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए।
निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालत झुलाई मृत्यु दण्डको सजाय दिइएको जनाइएको छ। (रासस/सिन्ह्वा)