पोल्याण्ड, १ माघ – पोल्याण्डको बन्दरगाह शहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ।
परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन्।
‘उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भने।
मेयर पावेल अडमोविजको हत्यापछि देशभरि हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ।