काठमाडौँ – महोत्तरीको एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय (यादव) घुससहित पक्राउ परेका छन्।
वडा सदस्य रायलार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ३६ हजार घुुस लिइरहेको अवस्थामा जलेश्वर नगरपालिका–१ शैलेश चोकबाट रङ्गेहात नियन्त्रणमा लिएको हो।
उनले गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिन भन्दै घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। कोइरालाले यस विषयमा थप अनुसन्धान भइरहेको बताए।