भारत –भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरेको घटना सार्वजनिक भएकाे छ। बलात्कारपछि हत्याको अभियोगमा सात जना विरुद्ध मुद्दा दर्ता भएको छ।
इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार यी सात जनामाथि १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ।
यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मृतक किशोरी एक इट्टा भट्टामा कार्यरत गर्थिन्। इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारकाे मुद्दा दर्ता गरिएको छ।–एजेन्सी