बेलायत– शुक्रबार बेलायतका प्रधानमन्त्री टेरिजा मेले पद छोड्ने घोषणा गरेसँगै बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा शुरु भएको छ।
प्रधानमन्त्री मेले आगामी जुन ७ मा पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टीको नेतृत्व र प्रधानमन्त्रीको पद कस्ले सम्हाल्ने भन्नेमा प्रतिस्पर्धा शुरु भएको हो।
नयाँ नेतृत्वका लागि ५ जना नेताहरुले दाबी गरेका छन्। जसमा विदेशमन्त्री जेरमी हन्ट,अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टेवार्ट, स्वास्थ्यमन्त्री म्याट ह्यान्कक,भूतपूर्व विदेशमन्त्री बोरिस जनसन र भूतपूर्व रोजगार तथा पेन्सनमन्त्री एस्टर मेक्भेको प्रतिस्पर्धा हुने देखिएको छ।
सत्ताधारी पार्टीभित्रको नेतृत्वको प्रतिस्पर्धाले नै बेलायतको भावी प्रधानमन्त्री को बन्ने भन्ने निर्धारण गर्नेछ। आगामी जुलाई महिनाको अन्त्यसम्ममा नयाँ नेता चयन भैसक्ने कन्जरभेटिभ पार्टीका नेताहरूले अपेक्षा गरेका छन्। हालका प्रधानमन्त्री मेले पार्टीले नयाँ नेता चयन नगर्दासम्म आफूले प्रधानमन्त्रीको पद सम्हालीरहने बताएकी छन्।
कसरी चयन हुन्छ ?
टोरी ब्याकबेञ्च १९२२ कमिटि भनिने सत्तधारी पार्टीका सांसदहरूको समूहकै एक नियम अनुसार आमागी पार्टीको नेता र प्रधानमन्त्रीको चयन हुनेछ। जसमा उक्त समुहको अध्यक्ष सर ग्राहम ब्र्याडीसँग प्रधानमन्त्री मेले पद त्यागेको एक हप्तापछि नयाँ नेता चयन गर्ने प्रकृया सुरु हुनु पर्नेमा सहमति गरिसकेकी छन्।
टोरी ब्याकबेञ्च १९२२ कमिटिकै आधारमा पार्टीका नेतृत्व चयन हुनेछ। बेलायतमा लिखित संविधान र कानुन नभएकाले उक्त समुह र पार्टीको नियमअनुसार नै नेता चयन हुनेछ।
बेलायातमा गत वर्षको मार्च महिनासम्म कन्जरभेटिभ पार्टीसँग १ लाख २४ हजार सदस्य भएका थिए। तीनै सदस्यहरुमध्येबाट नेता चुनिनेछ । जसमा यो पटक पाँच जनाको उमेदवारी परेको छ। बेलायतको यही समुहको नियम अनुसार नै सन् २००५ मा डेभिड क्यामरन चुनिकएका थिए भने सन् २०१६ मा टेरिजा मे निर्विरोध चयन भएकी थिइन्। (बिबिसी)