काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले १७ औँ लोकसभा निर्वाचनमा जित हासिल गरेका छन्।
मोदीले उत्तर प्रदेशको वाणारसी र गान्धीले केरलाको वायनाडमाबाट चुनाव जितेका हुन्। अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीसँग ८ हजारभन्दा बढी मतका साथ पछाडि छन्।
https://twitter.com/narendramodi/status/1131527111804477440
बीजेपीले अहिलेसम्म १४ सिटमा विजयी प्राप्त गरेको छ। निर्वाचन आयोगले भने १३ सिटको नतिजा सार्वजनिक गरेकोमा कांग्रैसले मात्र एक सिट जितेको छ। अहिले बीजेपी २९० सिटका साथ अग्र स्थानमा छ भने कांग्रेस ४९ सिटका साथ अग्र स्थानमा रहेको छ।
इमरान खानले पनि दिए बधाई
मोदीलाई पाकिस्तानी समकक्षी इमरान खानले पनि बधाई दिएका छन्। उनले मोदीसँग दक्षिण एसियाको शान्ति, सम्पन्नता र विकासमा काम गर्ने उल्लेख गरेका छन्।
https://twitter.com/ImranKhanPTI/status/1131526476828893184
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि मोदीलाई बधाई दिएका छन्।
https://twitter.com/KremlinRussia_E/status/1131518220530257921
कांग्रेस र जनता दल (सेक्युलर)ले एक–एक सिटमा विजयी प्राप्त गरेका छन्।