एजेन्सी – सात चरण लामाे मतदानपछि भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि शुरु भएको छ। मतगणनाको प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) अग्र स्थानमा रहेको छ। जम्मू–काश्मिरको ६ सिटमध्ये तीन सिटमा बीजेपी अग्र स्थानमा रहेको छ भने तीन सिटमा कांग्रेस अगाडि रहेको छ।
त्यस्तै उत्तर प्रदेशको ८० सिटमध्ये ५६ सिटमा बीजेपी, १२ सिटमा बहुजन समाज पार्टी र आठ स्थानमा समाजवादी पार्टी अगाडि रहेका छन्।
त्यस्तै उत्तराखण्डका पाँच सिटमा नै बीजेपी अगाडि रहेको छ। भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री तथा बीजेपी अध्यक्ष नरेन्द्र मोदीलाई धेरै स्थानमा बीजेपी अगाडि रहेको भन्दै सम्माननमा एक ट्वीट समेत गरेकी छिन्।
उत्तर प्रदेशमा बीजेपी ५६ सिटका साथ अग्र स्थानमा रहेको छ भने कांग्रेस १ स्थानमा मात्रै अगाडि रहेको छ। बिहारमा पनि बीजेपी १६ स्थानमा अगाडि रहेको छ। अहिलेको नतिजाअनुसार धेरै स्थानमा कंग्रसको मत कमजोर देखिएको छ तर पूर्ण मतगणना नहुँदासम्म निश्चित नतिजा नआउँने धेरैले विश्लेषण गरिरहेका छन्।