चेन्नाई – सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन्। उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो।
बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए। बिमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ। बिमानमा देखिएको समस्याका बारेमा अनुसन्धान शुरु भएको छ। (रासस–एएनआई)