काठमाडौँ – पछिल्लो समय पाकिस्तानी मुद्राको अबमूल्यन भइरहेको छ। मुद्राको मूल्यमा व्यापक गिरावट आएको छ। पाकिस्तानको मुद्राको मूल्य एशियाकै सबैभन्दा न्यून अवस्थामा पुगेको छ। पाकिस्तानको मुद्राको मूल्यमा गएको मे २० मा सबैभन्दा व्यापक गिरावट आएको थियो।
मे महिनामा त झन् पाकिस्तानको मुद्राको मूल्य २९ प्रतिशतले घटेको छ। पाकिस्तानको मुद्राको मूल्य घटे पनि अफगानिस्तान, बंगलादेश, भारत र नेपालको मुद्राको मूल्य भने स्थिर रहेको छ।
एक डलर बराबर अफगानिस्तनको मुद्राको मूल्य ७९ रुपैयाँ हुन आउँछ भने भारतीय ७० रुपैयाँ हुन आउँछ। त्यस्तै एक डलर बराबर बंगलादेशी टाँका ८४ हुन आउँछ भने नेपाली १ सय १२ रुपैयाँ हुन आउँछ। तर एक डलर बराबर पाकिस्तानी १ सय ४९ रुपैयाँ हुन आउँछ।
मुद्राको मूल्यको गिरावटसँगै पाकिस्तानको शेयर बजारमा पनि भारी उथल पुथल देखा परेको छ। पाकिस्तानको मुद्रामा आएको गिरावटका कारण पाकिस्तानी शेयर बजारमा ८०० अंकले गिरावट भयो। यो गिरावट पछिल्लो डेढ दशकको सबैभन्दा तल्लो स्तरको भएको बीबीसीले जनाएको छ।
अहिले पाकिस्तानको १४९ रुपैयाँ बराबर एक अमेरिकी डलर भएको छ। एक्सजेन्ज कम्पनी एसोसियसन अफ पाकिस्तानका अनुसार खुल्ला बजारमा एक अमेरिकी डलरको मूल्य १ सय ५१ रुपैयाँसम्म पुगेको छ।