एजेन्सी– गएको शुक्रबारबाट ताइवानले ‘सेम सेक्स म्यारिज’लाई बैधानिकता दिएको छ। ताइवानको संसदले दुई वर्ष लगाएर ‘सेम सेक्स म्यारिज’ अर्थात् समलिङ्गी विवाहलाई वैधानिकता दिएको हो। कानुनविद्हरुले तीनवटा विधेयकमा छलफल गरेर समान लिङ्गबीच विवाह गर्न पाउने वैधानिक व्यवस्था ल्याएका हुन्।
शुक्रबार हजारौँ सङ्ख्यामा ‘गे’ अधिकारकर्मीहरुले त्यहाँको संसद भवनअगाडि खुसी साटेका थिए। जब ‘सेम–सेक्स–म्यारिज’ गर्न पाउने वैधानिक कानुन संसदबाट पारित भयो, ‘गे’ अधिकारकर्मीहरु ताइवानको राजधानी ताइपेइमा खुसी बाँड्न व्यस्त देखिन्थे।
