काठमाडौँ – उद्योगमन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपातको प्रयास भएको छ। सरुवाको विषयलाई लिएर मन्त्रालयकै कर्मचारीले मन्त्री यादवमाथि हातपातको प्रयास गरेका हुन्।
मन्त्रीको निजी सचिवायलयका अनुसार कांग्रेसनिकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरिएको भन्दै मन्त्रीमाथि हातपातको प्रयास भएको हो। त्यसका लागि युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वको समूह मन्त्रालयमा आएको थियो।
उक्त समूहले मन्त्रीका निजी सचिव प्रेम आचार्यसँग विवाद गर्दै मन्त्रीलाई हातपातको प्रयास गरेको बताइएको छ। लगत्तै प्रहरी आएपछि उनीहरु भागेका थिए।