नयाँ दिल्ली – इरानी विदेश मन्त्री जाभेद जारिफ सोमबार राति नयाँ दिल्लीको भ्रमणमा पुगेका छन्। उनले मङ्गलबार आफ्ना भारतीय समकक्षी शुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सन् २०१९ भित्रै इरानी विदेश मन्त्री जाभेदको भारतको यो दोस्रो भ्रमण हो। यसअघि उनले सन् २०१९ को जनवरी ७ देखि ९ भारतको भ्रमण गरेका थिए। दुई मन्त्रीबीच मङ्गलबार हुने भेटवार्तामा इरान र संयुक्तराज्य अमेरिकाबीच हाल जारी विवादको विषयमा पनि वार्ता हुने जनाइएको छ।
करिब दुई हप्ता अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्ध घोषणा गरे पनि तेल आयात गरिरहेका मुलुकहरुले अब त्यस्तो छुट नपाइने घोषणा गरेपछि तेल आयातमा कठिनाई उत्पन्न भएको छ। त्यस्तो छुटको उपभोग भारत लगायत दक्षिण कोरिया, जापान, चीन समेतका मुलुकले गरिरहेका थिए।
भारतलाई आवश्यकता रहेको कुल तेलको करिब १० प्रतिशत इरानले आपूर्ति गर्दै आएको बताइन्छ। (रासस–सिन्ह्वा)