काठमाडौँ – भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आइतबार छैटौँ चरणको मतदान शुरु भएको छ। दिल्लीसहित सात राज्यका ५९ लोकसभा सिटमा आइतबार भएको छ। दिल्लीसहित सात राज्यका ५९ लोकसभा सिटमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
यो चरणमा उत्तर प्रदेशका १४, हरियाणाका सबै १०, बिहारका ८, पश्चिम बंगालका ८, मध्य प्रदेशका ८, दिल्लीका सबै सात र झारखण्डका चार सिटमा मतदान भइरहेको हो।
छैटौँ चरणको चुनाव सकिएपछि ४८४ सिटमा मतदान सम्पन्न हुनेछ। विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सव अर्थात भारतीय लोकसभा चुनावसात चरणमा भइरहेको हो। यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन्।
सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन्। मे १९ अर्थात ३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका छ। (एजेन्सी)