काठमाडौँ – १२औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दैछन्। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने छ।
विजेता टोली फाइनलमा पुग्ने र उपाधिका लागि आइतबार मुम्बई इन्डियन्सको सामना गर्नेछ। यसअघि बुधबार भएको पहिलो क्वालिफायर खेलमा मुम्बईले चेन्नईलाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको थियो।
लिग चरणका दुवै खेलमा चेन्नईसँग भोगेको पराजयको बदला लिदै पहिलो पटक आईपीएलको फाइनल पुग्दै इतिहास रच्ने दाउमा दिल्लि रहेने छ। तर, चेन्नईलाई पराजित गर्न दिल्लीलाई सहज भने हुने छैन।
उता, चेन्नई पनि दिल्लीलाई हराउदै फाईनल यात्रा तय गर्ने कसरतमा हुने छ। फाइनल पुग्दै पहिलो क्वालिफायरमा मुम्बईसँग हारको बदला लिदै इतिहास रच्ने दाउमा चेन्नई हुनेछ।
राम्रो प्रदर्शन गर्न नसकेका पछिल्लो सयम दिल्लीले नेपाली स्पिनर सन्दीप लामिछानेलाई खेलाएको छैन। आजको खेलमा पनि सन्दीपलाई खेलाउने संभावना न्यून छ।