काठमाडौँ – यही वैशाख २८ गतेदेखि एमकेडब्लू बेल्ट एण्ड रोड च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने उक्त प्रतियोगितामा ६ देशका रेस्लरहरूको सहभागिता रहने बताइएको छ।
नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना भएको संघले जनाएको छ। संघले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय च्याम्पियनसिप गर्दै आइरहेको छ। राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लू चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, हङकङ, इग्ल्याण्ड, अमेरिका, न्यूजिल्याण्डका खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एण्ड कर्नर प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा दुईवटा बेल्ट विजेता घोषणा गरिनेछ। जसमा बेल्ट एण्ड रोड च्याम्पियन र वर्ल्ड च्याम्पियनको बेल्ट प्रदान गरिनेछ।