काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्र्तगत मुम्बईले कोलकातालाई पराजित गरेको छ। आइतबारको दोश्रो र प्रतियोगिताअन्र्तगत ५६ औँ खेलमा मुम्बई इन्डियन्सले कोलकत्ता नाईट राइडर्समाथि ९ विकेटको शानदार जीत निकालेको हो।
पहिले व्याटिङ गरेर कोलकत्ताले दिएको दिएको १ सय ३४ रनको लक्ष्य मुम्बईले १ विकेटकाे नोक्सानीमा १६ ओभर १ बलमा पुरा गरेको हो। यसक्रममा मुम्बईका कप्तान रोहित शर्माले अविजित ४८ बलमा ५५, क्विन्टन डि काकले २३ बलमा ३०, सुर्यकुमार यादवले अविजित २७ बलमा ४६ रन बनाए।
कोलकत्ताका लागि बलिङतर्फ प्रशिद्ध कृष्णले १ विकेट हात पारे। यसअघि कोलकत्ताले व्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन। निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १ सय ३३ रन बनाउने क्रममा उसका लागि त्रिस लिनले २९ बलमा ४१, रोबिन उथप्पाले ४७ बलमा ४० र नितिश रानाले १३ बलमा २६ रन बनाए। यसबाहेक अन्य व्याट्सम्यानहरुले दोहोरो अंकको रन बनाउन सकेनन्।
कोलकत्तालाई सस्तोमा समेट्ने क्रममा मुम्बईका लागि लासिथ मलिगाँले ३ (४ ओभरमा ३५ रन दिएर), जसप्रित बुमराहले २ (४ ओभरमा ३१ रन दिएर) र हार्दिक पांड्याले २ (३ ओभरमा २० रन दिएर) विकेट लिएका थिए।