काठमाडौँ - मलेसियामा जारी ‘ओकिनवा गोजु-रियो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता-२०१९’ मा नेपालले ३ स्वर्ण र १ कास्य गरी ४ पदक जितेको छ।
यो पनि पढ्नुहोस्।
आइतबार भएका खेलहरुमा प्रशिक्षक रञ्जनमान श्रेष्ठले नेतृत्व गरेको टोलीले ३ स्वर्ण जितेको हो। यस क्रममा ४० वर्षभन्दा माथि उमेर समूहमा विनोदमान श्रेष्ठ, ३० वर्षमाथि उमेर समूहमा विवस घिमिरे र ३० वर्षमुनि उमेर समूहमा नै कुमार चौलागाईले स्वर्ण हात पारेका हुन्।

यसअघि नै शनिबार भएको कातामा नेपालका विवस घिमिरेले कास्य जितिसकेका थिए। पदक विजेता खेलाडीसहित टीम व्यवस्थापक जितेन्द्र प्रसाद शाहको टोली भोली सोमबार नेपाल फर्किने संघका कन्द्रीय सचिव पुरन गिरीले जानकारी दिएका छन्।

मलेसियाको इन्द्र मुलिया–इपो पेराक स्टेडियममा मे ३ देखि शुरु भएको १६औँ संस्करणको यो प्रतियोगिता ६ तारिख सम्म चल्ने छ। उक्त प्रतियोगिताका अवसरमा नेपाली खेलाडीहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारसमेत गरेका छन्।