एजेन्सी - बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ।
यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन्। बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको एएफपी समाचार समिति जानकारी दिएको छ।
६ व्यक्तिको रुख र पर्खालहरु ढलेर मृत्यु भएको छ भने, अन्य ६ जनाको चट्याङको कारण मृत्यु भएको बंगलादेशी विपद व्यवस्थापन अधिकारी बेनाजिर अहमदले एएफपी सामाचार समितिलाई बताएका छन्।
बङ्गलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन्।
टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन्। बंगलादेशी अधिकारीहरुले दशौं हजार मानिसलाई सुरक्षित स्थलमा पुर्याएका छन्।
सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्याउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए।