एजेन्सी - भारतले शासन गरिरहेको काश्मिरको अनन्तनाग जिल्लामा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको गोली हानी हत्या गरिएको छ।
मारिनेमा भाजपाको अनन्तनाग जिल्लाका उपाध्यक्ष रहेका गुल मोहम्मद मिर रहेको अन्तर्राष्ट्रिय भारतीय माध्यमहरुले बताएका छन्। शनिबार राति आफ्नै घरमा रहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेर घाइते भएका उनको उपचारका क्रममा अस्पतालम मृत्यु भएको हो।
लोकसभाको चुनाव हुनुभन्दा २ दिनअघि हत्याको घटना भएको हो। भाजपाले घटनाको निन्दा गर्दै जाँचबुझका लागि सरकारसमक्ष आग्रह गरेको छ। भाजपाका राज्य एकाइका प्रवक्ता अल्ताफ ठाकुरले भनेका छन् मिर लामो समयदेखि पार्टीमा आवद्ध थिए।