काठमाडौँ - मलेसियामा जारी ओकिनवा गोजु-रियो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता-२०१९ मा नेपाली खेलाडी विवस घिमिरेले कास्य पदक जितेका छन्। उनले खुला पुरुष एकल कातामा कास्य पदक हात पारेका हुन्।
पदक जित्ने क्रममा उनले सिंगापुर र भारतका खेलाडीलाई पछाडि पारेको ओकिनावा गोजुरियो कराते डो संघका केन्द्रीय सचिव पुरन गिरीले जानाकारी दिए।
मलेसियाको इन्द्र मुलिया-इपो पेराक स्टेडियममा मे ३ देखि शुरु भएको १६औँ संस्करणको यो प्रतियोगिता ६ तारिख सम्म चल्ने छ। उक्त प्रतियोगिताका अवसरमा नेपाली खेलाडीहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारसमेत गरेका छन्।
