काठमाडौँ - मंगलबार राति हुने च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गतको दोस्रो लेगको खेलमा लिभरपुल र बार्सिलोना भिड्दै छन्। उक्त खेलमा बार्सिलोनाका कप्तान लियोनल मेसी नखेल्ने सम्भावना बढेको छ। गतहप्ता सम्पन्न पहिलो लेगको खेलका दौरान मेसीले लिभरपुलका ब्राजिलियन मिडफिल्डर फ्याबिन्होलाई मुक्का प्रहार गरेका थिए।
सोही मुक्काको विषयलाई लिएर आक्रोशित बनेका एक लिभरपुल फ्यानले चेञ्ज डट ओआरजी वेबसाइटमा ‘फ्याबिन्होलाई स्पष्ट रुपमा मुक्का हान्ने मेसीलाई परिष्कृत प्रतिबन्ध’ भन्ने पोल बनाएर अनलाइन उनले १० हजारभन्दा बढीको हस्ताक्षर संकलन गरिसकेका छन्।
एक पटक मेसीले प्रहार गरेको भिडियो हेरेर अनलाइन हस्ताक्षर हेर्न अनुरोध गरेका उनले मेसीलाई यूईएफएले प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन्। उनले बनाएकाे पोलमा सहमति जनाउने संख्या निरन्तर रुपमा बढ्दै गइरेकाे छ। यस विषयमा विश्वका प्रतिष्ठित मिडियाहरुसमेत पछि लागेका छन्।
उक्त खेलमा बार्साका लागि तेस्रो गोल गरेका मेसीले उत्कृष्ट फ्रि–किक प्रहार गर्दै गोल गरेका थिए। तर उक्त फ्रि-किक उनले फ्याबिन्होलाई मुक्का हानेर गरेको डाइभका आधारमा प्राप्त गरेको भिडियोमा स्पष्ट देखिन्छ।
गतहप्ता बार्साको घरेलु मैदान क्याम्प नउमा भएको पहिलो लेगको खेलमा बार्साले ३-० गोलको अग्रता लिएको छ। तर पहिलो लेगमा लज्जास्पद हारसँगै ३ गोलले पछाडि परेको लिभरपुल ९० मिनेटमा त्यो नतिजा उल्ट्याउदै लगातार दोस्रो सिजन फाइनलमा पुग्न चाहन्छ।
https://twitter.com/xisco_manjon/status/1123694340096897026
https://twitter.com/LimaaChristiano/status/1124826735898505216